काठमाडौं, मंसिर १७ : आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो विहीबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो विहीबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्यमा प्राय अस्थिरता आईरहेको हुन्छ ।