मंसिर २६ : सहिद स्मारक ”ए” डिभिजन लिग फुटवल अन्तर्गत आज (आईतवार ) एक मात्रै खेल हुदैँछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः ४५ बजे हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आर्ठौ स्थानमा रहेको छ ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३- 0 ले हराएको थियो भने दोस्रो खेलमा थ्री स्टार साटदोवाटो यूथसंग १ -0 हुन पुगेको थियो । यस्तै , तेस्रो खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसंग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यस्तै, पहिलो जितको खोजीमा रहेको एपीएफले ३ खेल खेल्दा हंक जोड्न सकेको छैन ।
एपीएफ पुछारमा रहेको छ ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइँजसंग ३- २ गोेल अन्तरले पराजीत भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथुसंग १- 0 ले तथा तेस्रो खेलमा सातदोवाटोसंग ४- १ले पराजीत भएको थियो ।
ए डिभिजनको अंकतालीका