मंसिर २६ : वाणिज्य बैंकहरुको निक्षेप संकलन पुनः घटेको छ ।
अघिल्लो साता केही सुधार भएको निक्षेप संकलन गत साता पुनः ५ अर्ब रुपैयाँले घटेको हो ।
नेपाल बैंकर्स संघकाअनुसार मंसिर १७ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप घटेर मंसिर २४ गतेसम्म ४२ खर्ब २१ अर्ब रुपैयाँमा आइपुगेको हो । यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ८ अर्ब रुपैयाँले बढेको छ ।
मंसिर १७ गतेसम्म ४० खर्ब ६९ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी ८ अर्बले बढेर मंसिर २४ गतेसम्म ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
यता, वाणिज्य बैंकहरुको औषत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अझै राष्ट्र बैंकले तोकेको ९०५ सीमा भन्दा माथि रहेको छ । बैंकर्स संघका अनुसार मंसिर २४ गतेसम्म सीडी रेसियो ९१. ४९५ रहेको छ ।