मंसिर २८ काठमाडौं: दुई मोर्चा र ६ दलीय गठबन्धनले मंगलबार (आज) संसद भवन घेराउ गरेको छ । एमसीसीको विरोधमा आहुती नेतृत्वको वैज्ञानीक समाजवादी पार्टी सहित ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो ।
मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो ,संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने सुचनाका बीच ६ दलीय मोर्चा तातेको हो ।
एमसीसी सम्झौता विरुद्ध संघीय संसद भवन अगाडि प्रदर्शनकारी र प्रहरीविच झडप हुदा केही प्रदर्शनकारी घाईते भएका छन ।
घाइते हुने मध्येमा वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुती ) समेत रहेका छन ।
आफ्नो सम्पुर्ण जीवनकाल कम्युनिस्ट आन्दोलनमा खर्चेका र धार्मिक एवम सांस्कृतिक रुपमा विभेदमा पार्दै आएका विरुद्ध खरो रुपमा उत्रने आहुती एमसिसी विरुद्धमा केहि समययता लेख्दै र बोल्दै आएका छन । प्रदर्शनका विचमा प्रहरीले बल प्रयोग गर्दा संयोजक आहुतीको टाउकोमा लठ्ठी लागेर सामान्य घाईते भएका छन ।
साथै उनीसंगै प्रदर्शनमा सहभागी भएका केहीलाई गम्भिर चोट लागेको छ । प्रदर्शनकारी लाई चोटपटक लागेसंगै प्रहरीको ज्यादती बढी भएको भनी दुई मोर्चा र ६ दलले संयुक्त प्रेसविज्ञप्ति समेत जारी गरेको छ ।
आहुती संगै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड,सोही पार्टीका केन्द्रिय सदस्य प्रेम दर्नाल, चिरन्जीवि ढकाल, अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाही लगायतका नेता तथा कार्यकता र जनता घाईते भएको संयुक्त राजनीतिक दलले सार्वजनिक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
त्यस्तै घाईतेहरुको निशुल्क उपचार गर्न र गिरफ्टार गरिएका नेता तथा कार्यतालाई चाडो भन्दा चाडो रिहाई गर्न माग गरेको छ , गिरफ्टार पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (क्राकारी माओवादी) का स्थायी समिति सदस्य परि थापा , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुन लगायत ४३ जना रहेका छन ।
एमसिसी परियोजना वाइडेन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरेको खण्डमा आन्दोलन थप चकाउने चन्दै संयुक्त राजनितीक दलले आफ्नो विज्ञप्ति मार्फत चेतावनी दिएका दिएका हुन।