नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

पौष १ : नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

दुई फरक प्यानलबाट उम्मेदवार बनेका गगन र विश्वप्रकाश दुवै लोकप्रिय मत ल्याएर विजयी भएका हुन् ।

जम्मा ४६८२ मत खसेकोमा गगनले ३०२३ मत प्राप्त गरेका छन भने विश्वप्रकाशले १९८४ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका अन्य उम्मेदवारहरू प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे ।

विश्वप्रकाश शर्मा र गगन थापा विजयी हुनुमा नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरण भएको र नेपाली समाजले नयाँ पुस्ता चाहेको भन्ने कुरा प्रमाणीत गरेको कार्यकताको भनाई छ ।