एक कार्यक्रमको बिच हाम्रो कृषक समुहको तेस्रो साधारण सभा तथा स्थापना दिवश सम्पन्न भएको छ ।
आफ्नो भूमिमा रही कृषिका बिभिन्न क्षेत्रमा काम गरी नेपालको नमुना कृषक समुहको रुपमा काम गर्ने उद्देश्य बोकर गठन गरिएको हाम्रो कृषक समुहको तेस्रो साधरण सभा तथा स्थापना दिवश कार्यक्रम महालक्ष्मी न.पा. ८ लुभुमा एक कार्यक्रमको बिच सम्पन्न भएको हो ।
नाफा मुलक नभएर समाजमुखी उद्देश्य बोकेर अगाडि बढेको हाम्रो कृषक समुहले उत्पादन संग संगै सामुहीक आर्थिक उत्पादन प्रणाली अन्तरर्गत सामाजीक कार्य गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालक्ष्मी न.पा. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यता र कृषि प्रचार अधिकृत बुद्धि प्रसाद श्रेष्ठकोको बिशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्ने वक्ताले हाम्रो कृषक समुह समाजवादको भ्रुणको संज्ञा दिईएको प्रति तारिफ गर्दै निरन्तर अगाडि बढ्न शुभेक्षा ब्यक्त गरेका छन ।
२०७५ साल फागुन १३ गतेका दिन अमृत विश्वकर्माको अध्यक्षतामा ३६ जनाको भेलाले ११ सदस्यीय समिति गठन गरेर यात्रा सुरु गरेको हाम्रो कृषक समुहले तेस्रो साधरण सभा मनाउन पाउदा आफुहरु थप हर्षित र जिम्मेवारी महशुस भएको संस्थापक सदस्यहरुको भनाई छ ।
संस्था स्थापनाको पहिलो वर्ष नै ४३ जना कृषक सम्मान गरेको हाम्रो कृषक समुहले असीना,हावाहुरीले कृषकको बालीमा नोक्सानी पुर्याउदा आर्थिक सहयोग गर्दै आएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको बेला देशमा आर्थिक र खाधान्न अभाव हुदै गर्दा हाम्रो कृषक समुहले महालक्ष्मि न.पा.को विपतकोषमा नगद रु ५ हजार संकलन गरेको थियो साथै वडा संगको सहकार्यमा निरन्तर रुपमा वडा राहत र भोजन वितरण गर्दै आएको यस कृषक समुहले विगतका दिनमा साच्चिकै प्रशंसा गर्न लायक काम गरेको भन्दै कार्यक्रमका वक्ताहरुले धन्यवाद ज्ञापन गरेका छन ।
राष्ट्रिय क्रियाकलापमा समेत सरिक हुदै आएको हाम्रो कृषक समुहले कृषकका मुद्धा समेत जोडतोडले उठाउदै राज्यको ध्यानाकर्षण गर्दै आईरहेको छ उक्त तेस्रो साधरण सभा संस्थाका अध्यक्ष अमृत विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।