तमू ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पौसः १४ गण्डकी प्रदेश सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै तमू ल्होसारको अवसरमा भोलि‍ सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक बिदा दिने’निर्णय गरेको छ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार’ हुने भएको सूचनामा उल्लेख छ।