सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ३ सय रुपैयाँ कामय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २२० रुपैयाँ कायम भएको हो ।