फरक क्षमता भएका व्यक्तिलाई गाडीमा चढ्ने ,ओराल्ने ठाउँ तोकियो

माघ १० : महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच तथा सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँ तोकिदिएको छ ।

हाल सम्म उपत्यका र आसपासका शहरमा फरक क्षमता भएका हरुको निमिक्त कुनैपनि ब्यवस्था हुन नसक्नु दुखद बिषय बनेको थियो तर महाशाखाले फरक क्षमता भएका ब्यक्तिहरुको निमिक्त निश्चित ठाँउ कितान गरिदिए संगै उनीहरुमा खुशी मिलेको छ ।

महाशाखाले पहिलो चरणमा पुरानो बसपार्कमा यस्तो ठाउँ तोकेको हो । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीले बताएका छन् ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखिदिएको छ ।