नेपाल लाई १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सहयोग प्राप्त

माघ ११ : नेपालमा कोभिड महामारी बढेसंगै विभिन्न देशले कोरोना भाईरस विरुद्धको खोप सहयोग गर्दै आएका छन, सोही अन्र्तगत नेपालमा आज मात्रै १६ लाख खोप सहयोगमा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

नेपाल सरकारको पहिलो प्राथमिकता जनतालाई खोपको मात्रा पुरा गर्ने रहेको प्रधानमन्त्री शेर बहादुर देउवाले बोल्दै आएका हुन, हाल बिभिन्न सेवा दिनका लागी समेत कोभिड कार्ड चाहिने भएसंगै सरकारले दूरदरासमा खोप पुर्याउन लागेको हो ।