प्रभावकारि भएन जोर विजोर प्रणाली, चौतर्फी आलोचना पछि आजबाट हटाउने तयारी

माघ १४ : उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्ने भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले सवारी साधन चलाउन लगाइएको जोररबिजोर प्रणालीबारे सर्वत्र आलोचना भएपछि आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन् ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोररबिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर आज निर्णय लिइने जानकारी दिएका छन् ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै जोररबिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। चिकित्सकदेखि सर्वसाधरणहरुले यसको विरोध गरिरहेका छन् ।