समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा रामप्रसाद घिमिरे चयन

माघ १८ः समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन्।

जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताए।

उनले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गरे। घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत छन् ।