चेपाङ समुदायका बालवालीकालाई नमस्ते नेपाल हातेमालो संस्था द्धारा साढे १ लाख बराबरको कपडा सहयोग

माघ २३: लामो समय यता सामाजीक काममा खटिदै आएको संस्था नमस्ते हातेमालोले राष्ट्रिय आधारभुत विद्यालय कालीका नगरपालीका १० चितवनमा अध्यनरत विशेषगरि चेपाङ समुदायका बालकालिका लाई न्यानो कपडा वितरण गरेको हो ।

बढ्दो जाडो मौशमलाई मध्यनजर गर्दै चिसोको सामना गरेका चेपाङ समुदायका बालबालीकालाई १सय तीस थान कपडा वितरण गरेको संस्थाका अध्यक्ष रामसरण बानियाँले जानकारी दिनुभएको छ । उहाँको अनुसार करिव साढे १ लाख बराबरको कपडा तथा शैक्षिक सामाग्री उपलब्ध बनाईएको छ ।

उक्त सामाग्री बिद्यालयका प्र.अ. विद्यालय ब्यबस्थापन सतितिका अध्यक्ष तथा स्थानीय बुद्धिजिवीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । आफुहरुले लामो समयदेखि सामाजीक काममा निरन्तर रुपमा काम गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तता दिने उहाँको भनाई छ ।