लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

माघ २३ : वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

समाचार एजेन्सीका अनुसार सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएको छ ।

यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घोषणा गर्नुभएको छ ।

वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाको दिन मल्टी अर्गान फेलरका कारण उहाँको निधन भएको हो ।

उहाँको निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेको छ ।