एजेन्सी
माघ २६: भारतको अरुणाचल प्रदेशको कामेन्ग क्षेत्रमा हिम पहिरोमा परी ७ जना सैनिकको मत्यु भएको छ ।
उनीहरु फेब्रुअरी ६ मा हिमपहिरोमा परि बेपत्ता भएको भारतीय समाचार एजेन्सी एएनआईले जानकारी दिएकोे छ ।
एजेन्सीका अनुसार भारतीय सेनाले उनीहरुको शव निकालिएको बताएको छ । हिम पहिरोमा परेसँगै उनीहरुको खोजीकार्य भइरहेको थियो ।
भारतीय सेनाले सार्वजनिक गरेको एक विज्ञप्तिमा धेरै प्रयास गर्दा पनि हिम पहिरोमा परेका सात जनामध्ये कसैलाई पनि जीवित फेला पार्न नसकिएको उल्लेख गरेको छ ।
श्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको हुदा अनुसन्धान पश्चात मात्रै घटनाबारे बिस्तृत जानकारि दिन सकिने बताईएको छ ।