१६औषधि पसललाई निलम्बन सहितको कार्वाही

माघ २६: औषधि व्यवस्था विभागले १६ औषधि पसललाई कारबाही गरेको छ।

विभागले बजार पुसमा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि ती औषधि पसललाई निलम्बनको कारबाही गरेको हो।

ती कम्पनीहरूलाई औषधि ऐन ९२०३५० को दफा २० को उपदफ ४ (क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ। पटकपटक कारबाही गरे पनि नियमविपरीत कैयौ औषधि पसल सञ्चालन हुँदै आइरहेका छन्।