माघ २६ : वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो मङ्गलवार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज बुधवार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उहाँको छातीमा नियोनिया सङ्क्रमण देखिएको थियो । अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।