चोरीको मोटर साइकल सहित दुई युवक पक्राउ

फागुन १ : चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने गुनरा रामको दलान घरमा पार्किङ गरी राखेको स। ११ प। ४१२२ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएको मोटरसाइकलसहित प्रहरीले बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने २३ बर्षीय निरज कुमार यादव र २० बर्षीय गजेन्द्र कुमार रामलाई पक्राउ गरेको हो ।

चोरीगरी लैजान लागेको अवस्थामा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ७ रम्पुरा बस्ने २५ बर्षीय बर्मा भनिने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाकै भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साइडको खेतमा छाडेर भागेका थिए ।

पक्राउ परेका दुई जना संघ सोधपुछ गर्दा निरज कुमार यादवले आफ्नो सालो ब्रहमदेव यादवलाई मोटरसाइकल लग्न भनेको प्रहरीले जनाएको छ ।

बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धान तथा थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको प्रहरीले जनाएको छ ।