प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले संसदमा प्रस्ताव दर्ता गराएका हुन् ।

मन्त्रिमण्डलमा प्रधानन्यायाधीश जबराले भागबण्डा खोजेको भन्दै केही महिनादेखि आलोचना हुँदै आएको थियो ।

साथै उहाँलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाअभियोगको सामना गर्न तयार रहेको प्रतिक्रिया दिँदै आउनुभएको थियो ।