लामो समयदेखि स्थगन भएको प्रदेश १ को प्रदेशसभा बैठक फागुन २५ गते बस्दै

फागुन १०:  प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।

सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो ।

अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ ।

गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।