चैत्र ३ : राप्रपा नेपालले चुनाव चिह्न ‘तीर’ पाएको छ । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई चुनाव चिह्न ‘तीर’ प्रदान गरेको हो ।

राप्रपा नेपालले पुरानै चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गर्दै आएकोमा आयोगले ‘’ तीर चिह्न दिएको हो ।
‘तीर’ चिह्न प्रदान गर्ने आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै अहिलेलाई त्यसलाई स्वीकारिएको पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म ‘तीर’ चुनाव चिह्नलाई पार्टी प्रचारप्रसार सामग्रीहरूमा प्रयोग गर्ने निर्णय गरेको छ ।


















