गाउँमा बिकास भएकै कारण मान्छेलाई शहर जान मन नलाग्ने बनाएका छौ:अध्यक्ष छन्त्याल

चैत्र ४: पश्चिम बागलुङको तमानखोला गा.पा.मा एउटा लोकप्रीय नाम गरेको पहाड छ , जस्को नाम हो नौ डल्ले पहाड, गाउपालीकाको वडा नं.६मा पर्ने यो ठाँउ पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना र अबसर बोकेको ठाँउ हो ।

प्रचारप्रसारको अभावमा रहेको नौ डल्ले पहाडलाई छानो बनाएर बसेको तीनवटा सुन्दर गाँउ छन नर्जाखानी,पात्लेभित्रिवन , चारैतिर हरियाली जंगल र पहाडै पहाडको बिचमा रहेको यस गाँउ भौगोलीक रुपमा भने विकट स्थानमा पर्छ ।
यस वडामा ८ सय जनसंख्या छ भने यहाँ २१६ घरधुरी छन, वडा अध्यक्ष कुल बहादुर छन्त्याले आफ्नै विगत सम्झन्छन् र भन्छन् गाँउ अब गाँउ मात्रै रहेन

कुनै समय नर्जा भित्रिवन भन्दा बित्तिकै मान्छेहरुको दिमागमा एउटा दर लाग्दो र दुरदराजको गाँउ भनेर चित्र निर्माण हुन्थ्यो ,बाक्लो जंगल एक ठाँउबाट अर्को ठाँउ दिँउसै जान डर लाग्थ्यो, साघुरो बाटो मान्छे दोहोरो आवतजावत गर्न मुस्किल हुन्थ्यो मान्छेले सपनामा सम्म देख्न पाएनन् कि यस वडामा यसरि घरघरै बाट गाडि चढेर सदरमुकाम जान पाईन्छ भनेर ।

कुल बहादुर छन्त्याल उमेरले ५४ वर्षको भए , उमेर ढल्क्दिै गएपनि सपनाहरु भने झन झन नया र विकाशवादी छ , कुनै समय कल्पना सम्म गर्न नसकिने बिकाश निर्माणको कार्य आफ्नै कार्यकालमा आफ्नै वडामा भएको देख्दा कुल बहादुर लाई गाँउ छोडौ भन्ने दिमागमा आउनै पाएन उनी भन्छन् स्थानीय स्तरमा साच्चिकै सिहंदरबार आएको छ, हामी घर घरै बाट मोटर चढेर सदरमुकाम गएका छौ, कुनै समय मोटरबाटो आउला र भनेर कल्पना बाहिर रहने कुरा हाल बिलीन भएर घर घरैबाट मोटर चढ्न पाएपछि कसरि भन्न नसकियोस् कि सिहंदरबार गाँउ गाँउ पसेन भनेर ।

५ वर्षको कार्यकालमा सबैभन्दा बढि महत्वमा राखेर शिक्षा,पूर्वाधार र संचारलाई जोड दिएर काम गरेको कुल बहादुर बताउछन् , तहरो जस्तो बिद्यालय फालेर पक्की भवन निर्माण , गाँउ गाँउमा संचारको विकाश र ठाँउ ठाँउमा भौतिक पूर्वाधार निर्माण गर्न पाएकोमा आफु हर्षित भएको अध्यक्ष छन्त्याल बताउछन ।

पाच वर्षको अवधिमा सबैभन्दा बढि खुशी के कुरामा मिल्यो भन्ने हाम्रो प्रश्नमा छन्त्याल भन्छन् जनताको मुहारमा देखिएको मुस्कानमा , जनजीवनमा आएको सहजतामा, उनीहरुले प्रात गरेको सन्तुष्टिमा अनी या अवधिमा उहाँहरुले मलाई दिएको माया र साथमा मलाई लाग्छ हामीले निरासा भगायौ आशा जगायौ र समृद्धि स्थापनामा जोड दियौ ।

अनी मेरो कार्यकालमा गर्न मन लागेको थियो तर गर्न सकिन भन्ने काम पनी त होला नी त्यो चाहीँ सम्झनुहुन्छ ?  भन्ने हाम्रो थप प्रश्नमा उनी भन्छन् त्यो त धेरै छ तर त्यसमध्येमा पनि बिथोली रहने चाहीँ गाँउमा केन्द्रिय लाईन लिन मन थियो त्यो मेरो एक्लो प्रयासले सम्भव थिएन पालीकोको निकै ठूलो प्रयास देखेको छु आशा गरौ चाडै समधान हुनेछ ।

नर्जा गाउँको वास्तविकता ईतिहास संग जोडिएको छ, यस गाउँमा छन्त्याल र दलितको बस्ति छ अध्यक्ष छन्त्यालको अनुसार नर्जाखानीमा प्रसस्त खानी छ, यहाँको खानिबाट छन्त्याल समुदायले तामाखानी उत्खनन् गर्थे सोहीँ तामा लोहार वा दलित समुदायले प्रसोधन गरि निश्चित आकार प्रकार दिएर भाडा निर्माण गर्ने काम गर्थे र सोही तामाको भाडालाई थकाली समुदायले बजार ब्यबस्थापन गर्ने काम गर्दथे ।

कृषि, पशुपालनको निमिक्त माटोको अध्ययन हुन सके प्रयाप्त सम्भावना रहेको छन्त्याल बताउछन् आगामी योजना के हो तपाईको के फेरि अध्यक्षमा दोहोरीनुहुन्छ भन्ने प्रश्नमा कुल बहादुर भन्छन् त्यो जनताको माग र पार्टीको विश्वासमा भर पर्छ तर सत्य के चाहीँ हो भने म बिकाश चाहान्छु त्यो शिक्षा र यूवाबाट सम्भव छ यदि कोहीँ भिजन सहितको शिक्षित र ईमान्दार युवा नेतृत्व गर्छु भनेर आएको खण्डमा म उनीहरुलाई साथ दिन तयार छु अबको नेतृत्व युवाको हातमा सुम्पिदिनुपर्छ ।