शिक्षकको परीक्षामा प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोक्न आग्रह

चैत्र ४: शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने व्यक्तिलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जान अनुरोध गरेको छ ।

आयोगले आज शुक्रवार सूचना निकालेर यही चैत महिनामा हुन लागेका विभिन्न तहका शिक्षक पदका लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने जानकारी गराएको हो ।

आयोगले निकालेको सूचनामा परीक्षाका उम्मेदवारले प्रवेशपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान भनिएको छ । आयोगले यही चैत १५ गते माध्यमिक तहको, १७ गते निम्न माध्यमिक तहको, १९ गते प्राथमिक तहकोे र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दैछ ।

 

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/03/Teacher.pdf”]