देशभर तीन करोड ९२ लाख मात्रा भन्दाबढी कोरोना विरुद्धको खोप लगाइयो

काठमाडौं । नेपालमा हालसम्म तीन करोड ९२ लाख मात्रा भन्दाबढी कोरोना विरुद्धको खोप लगाइएको छ । खोप अभियान सुरु भएयता तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस मध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा र १८ लाख २९ हजार ५२० जनाले अतिरिक्र खोप लगाएको मन्त्रालयको तथ्यांमा छ ।

कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एकमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा छ । एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्ष माथीका लक्षित जनसंख्या मध्ये ९२.९ प्रतिशतले अर्थात एक करोड ८४ लाख ९८ हजार १६० जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ८१.२ प्रतिशत अर्थात एक करोड ६१ लाख ८४ हजार ८५८ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

१२ वर्ष देखि १७ वर्षसम्मका लक्षित जनसंख्याको ९१ प्रतिशत अर्थात ३१ लख १८ हजार ७८५ जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै ६७ प्रतिशत अर्थात २३ लाख ११ हजार ९९८ जनाले पूर्णमात्रा खोप लगाएका छन् । नेपालले अहिलेसम्म विभिन माध्यमबाट भेरोसेल,कोभिसिल्ड,अस्ट्राजेनिका,मोर्डना,फाइजर र जोन्सन एण्ड जोन्सन गरेर चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप प्राप्त गरेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सरकारले अहिलेसम्म ५५ लाख एक हजार ५५ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नौ लाख ७८ हजार ११९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यस्तै ११ लाख सात हजार ५१२ जनाको एन्टिजेन परीक्षण गर्दा एक लाख ४० हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये नौ लाख ६२ हजार १७३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत छ । त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ११ हजार ९५० जना संक्रमितको मुत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मुत्युहुने दर १.२ प्रतिशत छ । नेपालमा पछिल्लो समय संक्रमणदर घट्दो क्रममा छ । दैनिक संक्रमण हुनेदर एक सयभन्दा कम छ ।