चैत्र ६ः नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्र्यि खेलकुद परिषदको संयोजकत्वमा तमानखोला गा.पा.शिक्षा, यूवा तथा खेलकुद शाखा द्धारा आयोजित अन्तर बिद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता विविध कार्यक्रमको साथमा सम्पन्न भएको छ ।

प्रतियोगीतामा गाउँपालीकाको ६ वटै वडाका बिद्यार्थीको सहभागीता रहेको थियो , तीन दिन क्रमश चलेको उक्त प्रतियोगीताको उपाधि भने शान्ति मा.वि खुंखानीले प्राप्त गरेको हो । शान्ति मा.बि खुंखानीले ७६, ७७ र ७८ मा गरेर सर्वाधिक स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रपति रनिङ शिल्ड आफ्नो कोल्टामा पारेको हो । बिद्यालयले १० स्वर्ण ८ रजत र १ कास्य पदक प्राप्त गरेको थियो, तीन तीन पटक सम्म जित सुनिश्चित गर्दै बिद्यालयको गरिमा बढाएको भन्दै बिद्यालयको प्र.अ. आकाश सिहंले बिद्यार्थीलाई धन्यवाद प्रकट गरेको हुन ।

बिजयी बिद्यार्थीलाई बिद्यालयद्धारा खादामाला सहित सम्मान गरेको हो, सम्मानले बिधार्थीमा थप हौसला बढ्ने र आगामी दिनमा थप नया गर्न शिक्षा मिल्ने भन्दै सम्मान गरिएको बिद्यालयको प्र.अ. सिंहको भनाई छ । साथै बिद्यालयले शिक्षामा मात्रै नभएर खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताउदै सिंहले त्यसको परिणाम स्वरुप यो जित रहेको बताएका छन ।
अन्तर बिद्यालय स्तरीय चौथो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागीता बिद्यालयले निम्नानुसार पदक जितेका हुन ।
छात्रा भलिबलस्
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री धन गौ ज्योति मा वि तमान
३ कास्य श्री जनजागृती मा वि बोगांदोभान
छात्र भलिबलस्
१ स्वर्ण श्री जनजागृती मा वि बोगांदोभान
२ रजत श्री शान्ति मा वि खुंखानी
३ कास्य श्री धन गौ ज्योति मा वि तमान
छात्र सटफुट
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री जनजागृती मा वि बोगांदोभान
३ कास्य श्री धन गौ ज्योति मा वि तमान
छात्रा सटफुट
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री जनजागृती मा वि
३ कास्य श्री हिल साइड बोडिङ
छात्र ट्रिपल जम्प
१ स्वर्ण श्री सरस्वती आधारभुत
२ रजत श्री शान्ति मा वि खुंखानी
३ कास्य श्री जनजागृती मा वि
छात्रा ट्रिपल जम्प
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री धन गौ ज्योति मा वि
३ कास्य श्री सरस्वती आधारभुत
छात्र ज्याभलिङ थ्रो
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री खोलेस्वाङ आधारभुत
३ कास्य श्री जनजागृति मा वि
छात्रा ज्याभलिङ थ्रो
१ स्वर्ण श्री जनजागृति मा वि
२ रजत श्री शान्ति मा वि खुंखानी
३ कास्य श्री खोलेस्वाङ आ वि
४८१०० छात्र रिले
१ स्वर्ण श्री जनजागृति मा वि
२ रजत श्री शान्ति मा वि खुंखानी
३ कास्य श्री सरस्वती आधारभुत
४८१०० छात्रा रिले
१ स्वर्ण श्री जनजागृति मा वि
२ रजत श्री शान्ति मा वि खुंखानी
३ कास्य श्री धन गौ ज्योति आधारभुत
१०० मि दौड छात्र
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री सरस्वती आधारभुत
३ कास्य श्री जन ज्योति आधारभुत
१०० मि दौड छात्रा
१ स्वर्ण श्री शान्ति मा वि खुंखानी
२ रजत श्री जन ज्योति आधारभुत
३ कास्य श्री खोलेस्वाङ आधारभुत
२०० मि दौड छात्र
१ स्वर्ण श्री जनजागृती मा वि
२ रजत श्री जन ज्योति आधारभुत
३ कास्य श्री धन गौ ज्योति आधारभुत
२०० मि दौड छात्रा
१ स्वर्ण श्री शान्ति मा वि
२ रजत श्री जन ज्योति आधारभुत
३ कास्य श्री धन गौ ज्योति आधारभुत
४०० मि दौड छात्र
१ स्वर्ण श्री जनजागृती मा वि
२ रजत श्री धन गौ ज्योति आधारभुत
३ कास्य श्री हिल साइड बोडिङ
४०० मि दौड छात्रा
१ स्वर्ण श्री मङगला आधारभूत
२ रजत श्री खोलेस्वाङ आधारभुत
३ कास्य श्री धन गौ ज्योति आधारभुत
यसरि श्री शान्ति मा वि
स्वर्ण( १०
२ रजत ८
३ कास्य १
श्री जनजागृती मा वि
स्वर्ण ७
२ रजत ४
३ कास्य ५
श्री सरस्वती आधारभुत
१ स्वर्ण २
२ रजत १
३ कास्य ३

बिजयी तथा सहभागी सम्पूर्ण बिधाथी र बिद्यालयलाई आगामी दिनमा शिक्षामा मात्रै नभएर बिधार्थीको सर्वांगीण बिकासमा ध्यान दिन अनुरोध गर्दै पालीका अध्यक्ष जोकलाल बुढा , उपाध्यक्ष मानसरी शेर्चन र वडाका केही जनप्रतिनिधि तथा शिक्षकहरुको उपस्तिथीमा बिधार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पालीका अध्यक्ष बुढाले शिक्षा लिनु भनेको केवल किताबि ज्ञान दिनु मात्रै नभएको भन्दै बिधार्थीलाई खोजमुलक र ब्यबहारीक शिक्षा दिन बिधालय परिवार र सम्पूर्ण शिक्षक शिक्षिका लागी पर्न अनुरोध गरेका हुन ।



















