निर्वाचन आयोगमाथी ओलीको व्यङ्ग्य सुर्यको रंग हरियो कहिले भएछ ?

चैत्र ६ः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएकोप्रति फेरि पनि आपत्ति जनाएका छन् ।

निर्वाचन आयोगको मतपत्र हरियो बनाउने निर्णयको विरोध गर्दै आएको ओलीले आज पनि आलोचना गरेका हुन् ,इलाममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइ दिएको आरोप लगाए ।

उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोप्रति पनि आशंका उब्जिएको बताए । उनले भने–‘रुख सँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ?  किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?

ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको दाबी गरे । उनले भने–‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन समय दिने गर्थ्यो ।

यसपालि दुई दिन किन चाहियो रु पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ?  मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ।