सोमबार तरकारी र फलफूलको मूल्यदर कति ?

चैत्र ७ आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज काउली (तराई) को मूल्य प्रतिकिलो १० रुपैयाँ कायम भएको जनाएको छ । आइतबार प्रतिकिलो १२ रुपैयाँ ५० पैसा भइरहेको तराईको काउलीको मूल्य आज घटेर प्रतिकिलो औसत मूल्य १० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज खुर्सानी (अकबरे हरियो) प्रतिकिलो ३७५ रुपैयाँ, रातो आलु प्रतिकिलो २७ रुपैयाँ छ भने गोलभेँडा ठूलो नेपालीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । यस्तै, फलफूलमा अनारको मूल्य प्रतिकिलो २७५ रुपैयाँ छ । कन्य च्याउको मूल्य प्रतिकिलो १८५ रुपैयाँ कायम छ । यसैगरी, नेपाली मेवाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ तोकिएको विकास समितिले जनाएको छ ।