काठमाडौ -किसानले आफूहरुले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् । बजारमा केराको मूल्य आकाशिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुले केराको मूल्य बढाउन काम नगरेको स्पष्टिकरण दिएका हुन् । महासंघका अध्यक्ष विष्णहरि पन्तले विचौलियाहरुले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गर्नुभयो ।
उहाँले बजारमा केराको अभाव भने रहेको स्विकार गर्नु भयो । तर किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ । महासंघले केराको न्युनतम समर्थन मूल्य निर्धारण गर्न पनि सरकारलाई सचेत गराएको छ । महासंघका अध्यक्ष पन्तले हाल बजारमा केरा माग अनुसार उपलब्ध नभएपनि आगामी साउनबाट सो समस्या नहुने जिकिर गर्नुभयो ।


















