मेरो उमेद्धवारी वडाको बिकास र नितीगत सुधारको निमिक्त हो :उदिम छन्त्याल

चैत्र ८ : तमानखोला गा.पा ४ लाम्मेलाका वडा अध्यक्ष उदिम बहादुर छन्त्याल आगमी बैशाख ३० गते हुने स्थानीय चुनावमा सोही वडाको निमिक्त आफुले दोस्रो पटक उमेद्धवारी दिने बताएका छन् ।

४२ वर्ष लामो राजनितिक यात्रामा हुमिएका छन्त्याल नेकपा एमालेको प्रदेश समिति सदस्य हुन , तात्कालिक राजा बीरेन्द्रले वि.सं. २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरे संगै वि.सं. २०३७ बैशाख २० गते जनमत सङ्ग्रहका लागि मतदान भयो बहुदल स्थापना हुदा देखि राजनितिमा आस्था राखेका छन्त्याल २०५१ साल देखि भने राजनितिमा क्रियाशील भएर काम गरेका बताएका छन् ।

जागीरको क्रममा कहिले म्याग्दी जिल्ला, कहिले आफ्नै जिल्लाको सदरमुकाम बागलुङ र केही वर्षहरु साविक तमान गाविसको तमानमा कार्यरत रहेका छन्त्याल २०४९ सालमा बैदेशिक रोजगारिको सिलसिलामा जर्मन गएका थिए । ४० वर्ष लामो राजनितिक यात्रा भैसकेछ त्यतिबेलाको समयमा राजनिति प्रति खासै मान्छेमा रुचि थिएन तपाई चाहीँ कस्को प्रेरणा बाट हुमिनु भयो ? भन्ने हाम्रो प्रश्नमा छन्त्याल भन्छन् सायद जर्मन नगएको भए म राजनितिमा क्रियाशील हुदैन थिए कि भन्ने लाग्छ किनकी मैले जर्मन गएपछि आफुलाई राजनितिमा अझै निर्खान पाए ।

हुनत त्यो भन्दा पहिले नै मेरो पेशागत कुरा गर्ने हो भने म स्वाथ्यकर्मी हु मैले धेरै बिरामीको सफल उपचार गरिसकेको थिए र आज पनि म राजनितिज्ञ र जनप्रतिनिधि मात्रै नभएर एक स्वाथ्यकर्मी पनि हु । मैले नेपालमा बहुदल आएपछि नै राजनिति प्रति झुकाव राख्थे तर खुलेर राजनिति गर्ने अवस्था थिएन देशमा भएको ठुल-ठुला राजनितिक परिवर्तन मैले जेल्दै आए, जर्मनमा बस्दा त्यहाँको ब्यवस्थाले तान्यो मलाई अनी नेपालबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु र केही कम्युनिष्ट बारे लेखिएका पुस्तक साथीभाईले पठाई दिनुहुन्थ्यो, त्यो सामाग्री अध्ययन पछाडि मैले आफुलाई अझै निर्खाने वातावरण पाए त्यसपछि त्यहाँको जागीर छोडेर म ५२ सालमा नेपाल फर्किए त्यस यता निरन्तर रुपमा म राजनितिमा क्रियाशील छु ।

मेरो राजनितिक पृष्ठभूमि हेर्ने हो भने मेरो परिवारमा कम्युनिष्ट प्रति आस्था भएका कोही थिएनन् त्यो बेलाको पञ्चायती व्यवस्थामा सबै कांग्रेसमा आस्था राख्थे , गाउँमा केही औलामा गन्न सकिने मान्छे थिए राजनिति गर्ने जो सबै कांग्रेसमा आस्था राख्थे तर मलाई कम्युनिष्टले बोकेको बिचार र आदर्शले मन जित्यो तसर्थ मेरो वडामा वा गाउँमा कम्युनिष्ट ब्यवस्था निर्माण गर्ने त्यो बेलामा म एक्लै जस्तै थिए ।

४० वर्ष लामो राजनितिक यात्रा छ, उमेरले ६० वर्षको नजिक हुनुहुन्छ, पाच वर्षको कार्यकाल पनि लगभग अन्तिम चरणमा छ फेरि उमेद्धवारी किन नि ? भन्ने हाम्रो प्रश्नमा छन्त्याल भन्छन मलाई पनि बेलाबखत राजनितिबाट बिश्राम लिउ भन्ने नलागेको होईन तर बिश्राम पछि पनि त मैले जिवनयापन गर्ने समाज यहीँ हो, उमेर बढ्नु भनेको ज्ञान घट्नु हो जस्तो मलाई लाग्दैन हो स्वभाविक रुपमा अहिलेको नया टेक्नोलोजी र प्रविधि संग म त्यतिबिधि परिचित छैन यस्को मतलब मलाई कुनै ज्ञानै छैन भन्ने होईन स्थानीयको समस्या संग म परिचित छु, मेरो कार्याकालमा सुरु गरेको केही योजनाहरु छन जुन मैले पुरा गर्न पाएको छैन, बिश्वास छ जनताले फेरि एकपटक निस्वार्थ सेवा गर्ने अवसर दिनेछन ।

पालीकाबाट वडा कार्यालय निर्माण शिर्षकमा आएको  २० लाख र त्यसमा प्रदेश सरकारले गर्ने भनेको सहयोग सबै फ्रिज भयो अब जनता सामु के लिएर भोट माग्नु हुन्छ ? भन्ने प्रश्नमा छन्त्यालले सबै कमजोरि मात्रै खोज्न र देख्न नहुने बताउदै त्यो कमजोरि वडाको मात्रै नभएर सामुहीक भएको बताउछन् यो विषयमा जनता सबै जानकार हुनुहुन्छ मैले नचाहेको होईन अनेकौ प्रयासमा समेत वडा कार्यालय निर्माण गर्न जग्गा पाईएन केही ठाँउमा पाईएको पनि बजार मूल्य तिर्न हामी संग बजेट भएन, सहयोग अपील गर्न समेत सकिएन तसर्थ अबको उमेद्धवारी यहीँ बाकी रहेको काम पुरा गर्नलाई पनि हो।

तपाईको कार्याकालमा जनताले कति सुविधा पाए वा दिन सके भन्ने लाग्छ भन्ने अर्को प्रश्नमा अध्यक्ष छन्त्याल भन्छन् मैले कति दिन सके भन्ने जवाफ त जनता संग माग्ने हो तर मैले सेवा दिने कुरामा कहिल्यै दिन रात वा बिदाको दिन भनेको छैन, अर्को कुरा मैले मेरो कार्यकालमा भौतिक संरचना निर्माण गर्ने कुरालाई मात्रै ध्यानमा राखेर काम गरिन नितिगत सुधारको पक्षमा , सामाजिक मुद्धाको विषयमा पनी अन्य वडामा भन्दा बढि काम गरेको छु भन्ने लाग्छ संचारकर्मी साथीहरु ,स्थानीय क्लब लगायको आयोजनामा , उपस्थितीमा मैले पटक पटक यहाँको सामाजिक, सांस्कृतिक बिकृति कुप्रथाको बिषयमा सवाल जवाफ गर्दै जनता संग हातेमोलो गरेको छु ।

उसो हो भने त जातीय विभेद तपाईकै वडामा अझै ब्यापक देखिन्छ नि ? ब्यापक छ भन्ने शब्द गहिरो अर्थ लाग्छ यस मानेको मैले यो स्विकार गर्दिन किनकि तपाईले प्रयोग गरेजस्तै ब्यापक छैन स्वयम् म जनप्रतिनिधि हुदाको सुरुवाटी दिनमा हेर्नेको भने कोही गैरदलितले दलितले छोएको पानि सम्म खादैन थिए अहिले आएर हेर्नुस कुनचाहीँ जनजाछि छन जस्ले दलितले छोएको नखाएको होस् , त्यति हो दलितको छोरी जनजातिले जनजातिको छोरि दलितले मागी बिवाह गर्ने अवस्था बनेको छैन बाकी त विभेदको महसुस गर्ने ठाँउ छैन ।

तपाइको कार्याकालमा गर्न नपाएको काम तर गर्न मन लागीरहेको त्यस्तो केहि बाकी रह्यो ? त्यस्तो त धेरै रह्यो त्यो मध्येमा पनि वडा कार्यालय निर्माण, स्वास्थ्य ईकाईको भवन निर्माण मेरो उदेश्य र लक्ष्य अन्र्तगत पर्दछ त्यो बाहेक ढुगांखानी, भ्यू टावर, बाटोको बिस्तार, खेदमैदान, फुल निर्माण लगायतको काममो डिपीआर तयार भएको छ कमसेकम त्यो योजनाहरु निर्माण सम्पन्न गरेर पछिल्लो पुस्तालाई सुम्पिने मन छ । नितिगत कुराम अझै ब्यापक छलफल गर्नुपर्नेछ भन्ने बोध गरेको छु , हालसम्म मेरो स्वार्थगत काम काहीकतै भएन म जनता समक्ष बाचा गर्छुकी आगामी दिनमा पनि मेरो भुमिका समाज बिकास र समृद्धि स्थापनाको निमिक्त हुनेछ ।