चैत्र १० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा अहिलेकै गठबन्धन यथावत् रहने बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताएका हुन् ।
कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदारहरु एक भएरै चुनावमा जाने उनले बताए । चितवनका कांग्रेसीहरुले भन्दैमा नहुने भन्दै प्रचण्डले चितवनमा पनि चुनावी गठबन्धन हुने दाबी गरे ।


















