सर्लाहीको फुलजोरमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु २५ बढि घाईते

चैत्र १३ः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आव दिउसो (आइतबार) यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको जानकारी आएको छ ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको हो। दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ