चैत्र १३ः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको बताएका छन् ,ओलीले यस बिषयमा पटक पटक आपत्ति जनाउदै आएका छन् ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दलको फाइदाका लागि आयोगले मतपत्रको रङ बदल्ने निर्णय गरेको आरोप लगाएका हुन् ।
‘मत पत्रको रङ बदल्नै पर्छ,’ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ? ओलीले प्रश्न गरेका छन ।
ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाए । निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ।


















