चैत्र १४ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए । ‘देशभरमा लाखौ नयाँ मतदाता छन्,’ थापाले भने ‘उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो ।’पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाइने भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ ।
यता नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताएका छन ।


















