सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

चैत्र १७ सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो ।

यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।

सरकारमा सहभागी नभएको तर गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागी हुने भएको छ ।