प्रधानमन्त्री देउवा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको भेटवार्ता

चैत्र २०ः भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भेटवार्ता गरेका छन्।

आइतबार बिहान उत्तर प्रदेशको बनारसमा पुगेका प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डललाई मुख्यमन्त्री आदित्यनाथले बनारसमा भेटवार्ता गरेका हुन् । यसअघि आजै प्रधानमन्त्री देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका थिए ।

पुञ्जअर्चनामा देउवा पत्नी डा.आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए ।

नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेका थिए । बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।