चैत २३ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आज एक्कासी निर्वाचन आयोगमा देखिए । उनले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन पार्टीका केही माग पेस गरेका छन् ।
विप्लवको पार्टीको भर्खरै मात्र कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले निर्वाचनमा नजाने निर्णय गरेको थियो । तर, निर्णयको केही दिन पनि बित्न नपाउँदै सचिवालय सदस्य ‘प्रकाण्ड’ ले भने निर्वाचनमा जाने बताएका छन् ।
आयोगको कार्यालयमा देखिएका उनीलाई केही पत्रकारले आज किन निर्वाचन आयोग पुग्नुभएको हो भन्ने प्रश्नमा उनल
निर्वाचन आयोगसँग परामर्श गर्न र अहिलेको सोसल पोलिटिक्सको बारेमा बुझ्न गएको बताएका छन साथै त्यसपछि गएर निर्वाचनको बारेमा पनि जिज्ञासा लिएर गएको प्रकाण्डको भनाई छ ।
तपाईंको पार्टीमा निर्वाचनमा जाने र नजाने भन्ने विषयमा केन्द्रिय समितिको बैठकमा विवाद भएको थियो नि तपाई चाहीँ चुनावमा जाने संकेतमा हुनुहुन्छ भन्ने अर्को प्रश्नमा प्रकाण्ड भन्छन् होइन, हामी चुनावमा जान्छौं त्यसैको निमिक्त त्यहाँ परामर्श गर्न गएको हो ।
अनि दल दर्ता हुन त पर्यो नी हैनर भन्ने तेस्रो प्रश्नमा उनले यही बारे केही वैकल्पिक बाटो छ कि भनेर पनि बुझ्न गएको बताएका छन । प्रकाण्ड निर्वाचन आयोगमा पुगेसंग पार्टी फुटको् संकेत देखिएको छ ।


















