गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ: माधव नेपाल

चैत्र २६ :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गफभन्दा काम गरेर देखाउन कार्यकर्तालाई आह्वान गरेका छन् । भृकुटीमण्डपमा आयोजित जनसभामा बोल्दै नेपालले कार्यकर्तालाई गफभन्दा काम गरेर देखाउन आह्वान गरेका हुन ।

‘गफाडीहरूको कुनै काम छैन । गफाडीलाई गफ गर्न दिनुस्, अरूको अपमान गर्न दिनुस् । हामी काम गरेर देखाऊ। इमानदारिता र निष्ठाका साथ देश रूपान्तरणमा अघि बढौँ,’ नेपालले भने ।

निराश मान्छेले गरिखान नसक्ने भन्दै उनले आँटका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका नेताहरू सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, वसन्त मानन्धर, काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुसुम कार्कीलगायतले देशमा राजनीतिक स्थिरता कायम राख्न जनताले करिब दुई तिहाई बहुमत दिएर कम्युनिष्ट नेतृत्वको सरकार गठन गरेको भए पनि तत्कालीन सरकारको नेतृत्व असक्षम भएर कम्युनिष्ट आन्दोलन धरासयी बन्न पुगेकाले त्यसलाई संरक्षण तथा जगेर्ना गर्ने दायित्व एकीकृत समाजवादीको भएको बताएका थिए ।