मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै एमाले

चैत २७ः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर एमालले पत्रकार सममेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार विभागको जानकारि छ ।

मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गरिने श्रोतको भनाई छ । कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुने बताइएको छ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोलगायत समसामयिक विषयमा पनि एमालेले आज धारणा राख्ने श्रोतले बताएको छ ।