एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकारको उम्मेदवारी

चैत २७ः  नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले उनलाई सर्वसमत रुपमा मेयरमा उम्मेदवारी दिने गरी निर्णय गरेको हो।

गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित भएका थिए ।

एमालेबाट महानगर पालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ । पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् ।