युक्रेन र स्कटल्याण्ड बीचको विश्वकप छनोट खेल जुन १ मा हुने

बैशाख २ः युक्रेन र स्कटल्याण्डबीच हुने फिफा विश्वकप छनोट अन्तर्गत प्ले अफ सेमिफाइनल खेल आगामी जुन १ मा हुने भएको छ।

एजेसीका अनुसार रूसले युक्रेनमाथि आक्रमण गरेपछि रोकिएको खेल आगामी जुन १ मा हुने भएको हो। यसअघि नियमित तालिका अनुसार मार्च २४ हुने तालिका थियो। तर, युद्वको सामना गरिरहेको युक्रेनले फिफासँग आग्रह गरेपछि खेल पछिलाई सारिएको थियो।

यो खेलको विजेताले आगामी जुन ४ मा वेल्ससँग खेल्नेछ। विजेता टोलीले कतार विश्वकपको समूह बीमा इङ्ल्याण्ड, अमेरिका र इरानसँग रहनेछ। यसपछि एसियाली छनोटबाट अष्ट्रेलिया र युएईले आगामी जुन ७ मा खेल्नेछन्। यसको विजेताले जुन १३ मा पेरूसँग प्रतिश्पर्धा गर्नेछ र विजेता टोली समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ।

यस्तै १४ जुनमा हुने कोष्टारिका र न्यूजिल्याण्डको विजेता विश्वकपमा छनोट हुने अन्तिम टोली हुनेछ। स्पेन, जर्मनी र जापानसँगै यो टोली समूह ई मा रहनेछ। फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ।

यस्तो छ समूह विभाजन र खेल तालिका

समूह विभाजन

समूह ‘ए’ :                                         

कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर

समूह ‘बी’ :

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्सरस्कटल्याण्डरयुक्रेन

समूह ‘सी’ :

अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया

समूह ‘डी’ :

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएईरअष्ट्रेलियारपेरू

समूह ‘ई’ :

स्पेन
जर्मनी
जापान
कोष्टारिकारन्यूजिल्याण्ड

समूह ‘एफ’ :

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को

समूह ‘जी’ :

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून
समूह ‘एच’ :

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना