बाबुराम,उपेन्द्र र प्रचण्डको भेटवार्ता, कति सम्भावना कति निरासा ?

बैशाख ४ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच सामूहिक रुपमा छलफल भएको हो । सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।

भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए । तर श्रोतले भने स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको जनाएको छ ।

महानगर र उपमहानगरमा तालमेलका लागि रामचन्द्र पौडेल नेतृत्वको कार्यदल बसेपछि नेतात्रयबीच पुनः छलफल गर्ने सहमति बनेको बताइएको छ ।  तीन शिर्ष नेताको भेटालाई निकै महत्वको साथमा हेरिएको छ। आगामी ३० गते हुने स्थानीय चुनाव र तीन शिर्षनेताको सहभागीताले कस्तो निर्णय ल्याउला भन्ने जनपक्षीय अपेक्षा रहेको छ ।