बैशाख ५ : चीनको शङ्घाई सहरमा कोरोना संक्रमणदर फैलने क्रम तीब्र बन्दै गएको छ । शङ्घाई शहरमा कोरोनाको कारण पहिलो पटक सङ्क्रमितको ज्यान गएको जनाइएको छ ।
समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको हो । मृत्यु हुनेमा ८९ देखि ९१ वर्षसम्म उमेरको रहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार उनीहरुमा कोरोना सङ्क्रमणसँगै अरु रोग पनि थियो । कोरोना सङ्क्रमण बढेपछि शङ्घाईमा यही अप्रिल महिनाको सुरुवातदेखि लकडाउनको घोषणा गरिएको थियो । यसअघि गएको मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको ज्यान गएको थियो ।


















