गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु मुर्खता हो : गगन थापा

बैसाख ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्न नहुने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय गरी निर्देशन दिन नहुने बताए।

उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जानकारी दिए ।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाले भने अवस्था हेरफेर गरेर गठबन्धन गरेर जानुपर्ने बताएका छन ।