बैशाख ५: नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।
लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् ।

















