प्रचण्ड बाहिरिएसंगै सत्ता गठबन्धनको बैठक केहि घण्टा स्थगीत

बैशाख ५:  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन् ।

सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन् ।

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।

मल्लका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठक फेरि प्रचण्ड सहभागी हुने जानकारि दिएका छन । आजको बैठकले सत्तारुढ गठबन्धन बारे निष्कर्षमा लैजाने अपेक्षा रहेको बताएका छन ।