बैशाख ५ : गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि दलगत असन्तुष्टिले खासै असर नपर्ने बताएका छन् ।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ५ दलबीच तालमेल हुँदा केही असन्तुष्टि देखिएपनि त्यसले परिणाममा असर नपर्ने दाबी गरेका हुन् ।

‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो ।
अन्तिममा गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ’, प्रचण्डले भने ।
प्रचण्डका अनुसार माओवादीले भरतपुरमा मात्रै दाबी नगरेको बताए । उनले भरतपुरको सट्टा काठमाडौं वा विराटनगर महानगरको प्रमुख लिन तयार रहेको बताए ।
‘माओवादीलाई भरतपुर र रेनु नै चाहिएको होइन । ६ वटा महानगरमध्ये एउटा त माओवादीलाई चाहिन्छ । त्यसमध्ये भरतपुर नै होइन काठमाडौं वा विराटनगर दिए पनि हुन्छ ।

















