नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल प्रस्ताव

बैशाख ६ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ वटा खेलको लागि प्रस्ताव गरिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ३८ वटा खेलको प्रस्ताव गरिएको हो । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रस्ताव अनुसार फुटबल, भलिबल, कबड्डी, बास्केटबल, हक्की, क्रिकेट, खोखो, चेस, ह्याण्डबल, साईक्लिङ, ट्रायथालन, सेपाक्टाक्रो, गल्फ, प्याराग्लाईडिङ, रग्बी, इ स्पोर्टस, डान्स स्पोर्टस, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते र भारत्तोलन रहेका छन् ।

यस्तै, टेबल टेनिस, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, आईटिएफ, फुल कन्ट्याक्ट कराँते, स्क्वास, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, सफ्ट टेनिस, आर्चरी, फेन्सिङ, शारीरिक सुगठन र पौडी खेललाई प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

आगामी शुक्रबार बस्ने बोर्ड बैठकले प्रस्ताव गरिएको नाममा औपचारिक निर्णय गर्ने जनाइएको छ ।