बैशाख ६ : सत्ता गठबन्धन दलहरूबीच महानगरको भागबन्डा मिलेको छ ।

नेपली कांग्रेस पोखरा महानगर नेकपा एसलाई दिन सहमति भएपछि गठबन्धन दलबीच भागबन्डा मिलेको हो ।
अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको सोमबारै भएको थियो।
बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी बनेको छ ।
इसअघि पोखरामा कांग्रेस र नेकपा एसले आ-आफ्नो दाबी नछोडेपछि कुरा मिल्न सकेको थिए । मंगलबार कांग्रेस पोखरा समाजवादीलाई दिन सहमत भएको हो ।


















