जसपाको घोषणापत्रः प्रत्येक महानगरपालिकामा २ वटा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने

बैसाख ७ः जनता समाजवादी पार्टी ९जसपा० नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा हरेक गाउँपालिकामा कम्तीमा एक खेल विधाको ग्रामीणस्तरको एक खेल मैदान र रङ्गशाला बनाइने उल्लेख छ ।

यस्तै हरेक महानगरपालिकामा कम्तीमा दुई वटा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाइने उल्लेख छ । सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने, कामदारहरूको तलब तथा उद्यमीहरूको खुद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गरिने उल्लेख छ ।

हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोलिने उल्लेख छ । गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा एक जना डाक्टरसहितको स्वास्थ्य चौकी सञ्चालन गरिने उल्लेख छ ।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/04/चुनाबी-घोषणा-पत्र.-२०७९.pdf”]