बैशाख १२ : बिहान सबेरै उठ्नु राम्रो बानी हो । सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ । बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ । त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ ।
बिहान चाँडै उठ्नु आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन ।
पानी पिउनु साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ ।
योग गर्नुपर्छ बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
तातोपानी मह र कागती बिहान पेट सफा भएन भने तातोपानीमा कागती र मह मिसाएर पिउनुपर्छ । त्यसले मोटोपन पनि कम गर्छ ।
जगिङ गर्नु बिहान एक्सरसाइज, एरोबिक्स, मर्निङ वाक वा जगिङ गर्न निस्किनु राम्रो हुन्छ ।
बिहानै नुहाउनु आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ ।
चिया–कफीको साटो जुस दिनको सुरुआत चिया–कफीबाट भन्दा पनि जुसबाट गर्नुपर्छ । चिया, कफीले दिमागलाई क्रियाशील गराए पनि शरीरमा नोक्सान पु¥याउँछ । त्यसैले जुस पिउनु फाइदाजनक हुन्छ ।
हेभी ब्रेकफास्ट गर्नुपर्छ ब्रेकफास्ट गर्न छोड्नुहुँदैन । सधै पेटभरि नास्ता गर्नुपर्छ । ब्रेड, ओट्स, कर्नफ्लेक्स तथा फलफूलका साथमा अण्डा पनि खानुपर्छ ।
फाइदाकारी धनियाँ गर्भवती महिलालाई सुरुको तीन महिना बमिटको समस्याले सताउँछ । यस्तो अवस्थामा एक कप धनियाँको पत्तामा एक कफ चिनी तथा पानी मिसाई उमालेर सेवन गर्दा समस्या हट्छ ।
अदुवाको चिया हितकारी चियामा अदुवा मिलाएर पिउनु फाइदाजनक हुन्छ । थकान महसुस गर्नेहरूका लागि अदुवाको चिया हितकर हुन्छ । अदुवा मिसाइएको चियाले दिनभरको थकान एवं आलस्य हटाउँछ । पेटको पीडा हुनेहरूले एक चम्चा अदुवा मिसाएको चिया पिए राहत मिल्छ ।


















